कर्णाली डेभलपमेन्ट बैंकको फागुन ५ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको आज (फागुन ५ गते बुधबार) देखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीको विवरण बैंकको सेयर रजिष्ट्रार दरबारमार्गमा रहेको प्रभु क्यापिटलमा उपलब्ध हुने छ । बैंकले आगामी फागुन २१ [&hellip;]</p>

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको आज (फागुन ५ गते बुधबार) देखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीको विवरण बैंकको सेयर रजिष्ट्रार दरबारमार्गमा रहेको प्रभु क्यापिटलमा उपलब्ध हुने छ ।

बैंकले आगामी फागुन २१ गते शुक्रबार १५औं र १६औं (एकैपटक दुई वर्षको) वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त निर्णय माघ २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News