काठमाडौं । औजार एक सोलुसन प्रा लिले बुटवलमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले प्रजातन्त्र दिवसको दिन पारेर उक्त शाखा विस्तार गरेको हो ।
स्थापनाको छोटो समयमा नै ५० भन्दा बढी व्यवसायिक तथा आवासीय घरहरुमा आफ्नो सेवा दिन सफल औजारले चैत भित्रै केन्द्रिय राजधानी बाहिर २ स्थानमा शाखा विस्तार गर्ने लक्ष्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । भौतिक उपस्थिति जनाउन असमर्थ रहेकोले भर्चुअल उद्घाटन गर्नु परेको औजारका प्रबन्ध संचालक उत्सव भट्टराईले बताएको हो ।
असोज १ गतेदेखि व्यवासायीक रुपमा कार्यालय तथा आवासहरुमा मर्मत तथा सम्भार सम्बन्धि कार्य गर्न स्थापना भएको एक संस्था हो औजार ।
एकल व्यक्तिबाट सुरुवात भएको औजार पाँचौं महिनासम्म आउँदा प्रत्यक्ष १२ तथा बाह्य ४५ गरि जम्मा ५७ जनाको परिवार भैसकेको छ । औजार परिवार भित्र दक्ष प्राविधिक, इन्जिनीयर, आर्किटेकहरुको एक बिश्वशिलो समूह छ जस्को कारणले छोटो समयमा नै मर्मत सम्भारको क्षेत्रमा एक अलग पहिचान बनाउन सफल रहेको औजारका प्रबन्ध संचालक उत्सब भट्टराईले बताए ।
स्थानीय युवा व्यवासायी केशब राज पाण्डेको साथ लिएर अगाडी बढेको औजारले पाण्डे जस्तो जुझारु, मिहेनती तथा दुरदर्शी युवासँग अगाडी बढ्न पाउँदा आफुहरुलाई निकै हर्सित तुल्याएको औजारका प्रबन्धक तथा बजार व्यवस्थापक अजय कुमार त्रिपाठीले बताए ।
छोटो समयमा नै २० भन्दा बढी सेवा दिन सफल भैसकेको औजारले आफ्नो कार्य अवधिमा भए गरेका कमी-कमजोरी हरुलाई सच्याउँदै ग्राहक वर्गको सन्तुस्टीलाई प्रथम प्राथमिकतामा राखी अगाडी बढिरहेको सस्थाका प्रबन्धक तथा बजार व्यवस्थापक अजय त्रिपाठीले बताए । काठमाडौं, ललितपुर तथा भक्तपुर मा सेवा प्रधान गरिसकेको औजारले गुणस्तर तथा उच्चस्तरको सेवामा जोड दिने गरेको छ ।
प्लाम्बिंग, कार्पेन्टर, एलेक्ट्रिसियन, पेन्टर जस्ता अत्यावश्यक सेवाहरु तत्कालै दिन सकिने तथा अन्य सेवाहरु समयसंगै थपिदै जाने औजार बुटवल का केशब राज पाण्डेले बताए । जे जस्तो परिस्थिति आइपरे पनि ग्राहकको सेवामा सँधै तल्लिन रही औजारको मुल्य मान्यता तथा साखलाई अगाडी बढाउदै बुटवल बासिन्दालाई मर्मत सम्भारको झन्झटबाट मुक्त गर्ने आफ्नो लक्ष्य अब छिटै पुरा हुनेमा पाण्डे विस्वस्थ छन् ।