दुई हाइड्रोको सेयर मूल्यमा सर्किट, सबैभन्दा बढी कारोबार हुनेमा निफ्रा अगाडि

<p>काठमाडौं । आइतबार कारोबार खुलेको केही समयमै दुई हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन नियमति बजार खुलेको २ घण्टाको अवधिमा अपर तामाकोशी हाइड्रोपावर र शिवश्री हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । जसमध्ये अपर तामाकोशीको सेयर मूल्य बढेर प्रतिकित्ता ५३९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो [&hellip;]</p>

काठमाडौं । आइतबार कारोबार खुलेको केही समयमै दुई हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन नियमति बजार खुलेको २ घण्टाको अवधिमा अपर तामाकोशी हाइड्रोपावर र शिवश्री हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

जसमध्ये अपर तामाकोशीको सेयर मूल्य बढेर प्रतिकित्ता ५३९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ४९ रुपैयाँले बढी हो । आइतबार कम्पनीको ३ लाख ८३ हजार ४ कित्ता सेयर २० करोड ८ लाख रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, शिवश्री हाइड्रोको सेयर मूल्य १७ रुपैयाँले बढेर प्रतिकित्ता १८७ रुपैयाँ पुगेको छ । जुन अघिल्लाे काराेबारकाे तुलनामा १० प्रतिशतले बढी हाे ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । गत बिहीबारको तुलनामा आइतबार कम्पनीको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता ६०० रुपैयाँ पुगेको छ ।

यो अवधिमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । २०१ कम्पनीको ५ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल काराेबार मध्ये सबैभन्दा बढी निफ्राकाे सेयर काराेबार भएकाे छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ४९ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

त्यस्तै, सबैभन्दा बढी समीट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । अहिले संस्थाको सेयर मूल्य ४६ रुपैयाँले घटेर प्रतिकित्ता १२८२ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबारको तुलामा ३.४६ प्रतिशतले घटी हो ।

Share News