अब जीवन बीमा कम्पनीले पनि एनएफआरएस लागू गर्नुपर्ने, समितिले दियो निर्देशन

<p>काठमाडौं । अब जीवन बीमा कम्पनीले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण बनाउनु पर्ने भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आज (फागुन ९ गते) एक सर्कुलर जारी गर्दै जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई उक्त निर्देशन दिएको हो । समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, [&hellip;]</p>

काठमाडौं । अब जीवन बीमा कम्पनीले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण बनाउनु पर्ने भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आज (फागुन ९ गते) एक सर्कुलर जारी गर्दै जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई उक्त निर्देशन दिएको हो ।

समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७ अनुसारको वित्तीय विवरण बनाई प्रकाशित गर्न भनेको हो । यससँगै समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनीले अबको वित्तीय विवरण समितिको निर्देशन अनुसार एनएफआरएस प्रणाली अनुसार नै बनाउनुपर्नेछ ।

समितिले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुका लागि छुट्टाछुट्टै निर्देशिका बनाएको छ । निर्जीवन बीमा र पुनर्बीमा कम्पनीलाई भने समितिले यसअघि नै साे निर्देशन दिइसकेको थियो । साथै, उक्त निर्देशिका बीमा समितिकाे वेवसाइटमा पाइने जानकारी गराइएकाे छ ।

Share News