अपि पावरसहित तीन हाइड्रोको सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न तीन हाइड्रो कम्पनीको सेयर सूचीकृत भएको छ । आज(फागुन ९ गते) एकैदिन सानिमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो । जसमध्ये दुई कम्पनी सानिमा माई हाइड्रो र रिडी हाइड्रोको बोनस र अपि पावरको हकप्रद सेयर सूचीकृत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न तीन हाइड्रो कम्पनीको सेयर सूचीकृत भएको छ । आज(फागुन ९ गते) एकैदिन सानिमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो ।

जसमध्ये दुई कम्पनी सानिमा माई हाइड्रो र रिडी हाइड्रोको बोनस र अपि पावरको हकप्रद सेयर सूचीकृत भएको छ ।

सानिमा माइको १० प्रतिशित अर्थात २५ लाख ५३ हजार १०० कित्ता बोनस सेयर थपिएको हाे । त्यस्तै, रिडी हाइड्रोको ५ प्रतिशत अर्थात २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे ।

त्यसैगरी, अपि पावरको सबैभन्दा बढी अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

यससँगै यी तीन वटै कम्पनीको सो मात्राको सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News