स्पर्श लघुवित्त र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेप्सेमा दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज मंगलबार मात्रै स्पर्श लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात एक लाख ८२ हजार ८०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, आईसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस नेप्सेमा थपिएको छ । [&hellip;]</p>

काठमाडौं । नेप्सेमा दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज मंगलबार मात्रै स्पर्श लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात एक लाख ८२ हजार ८०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, आईसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस नेप्सेमा थपिएको छ । संस्थाको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यससँगै यी दुई संस्थाको सो मात्राको बोनस सेयर अबको केही दिनमा सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, त्यसपछि दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने छन् ।

Share News