सारथी नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

<p>काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको संचित नाफाबाट मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ९.११ [&hellip;]</p>

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फागुन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको संचित नाफाबाट मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ९.११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७९४ प्रतिशत नगद गरी कूल ९.५८९४ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छ । पारित लाभांश मर्जरपछि कायम रहेका सेयरधनीले पाउने संस्थाले जनाएका छन् ।

मर्जर पश्चात संस्थाको चुक्ता पुँजी २३ करोड ५३ लाख रुपैयाँ कायम भएको थियो । त्यसको ९.११ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २५ करोड ६७ लाख रुपैयाँ पुग्ने छ ।

Share News