काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले पुँजीबजारमा धैर्यता गुमाउँदा ठूलो धन पनि गुमाइने बताएका छन् । आइतबार घटेको बजारलाई इंकित गर्दै उनले याे अवस्थामा धैर्यता राख्न लगानीकर्तालाई सुझाव दिएका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत बजारमा लगानी गर्ने लगानीकर्तालाई यो अवस्थामा धैर्य भएर बस्न सुझाव दिएका छन् ।
‘पुँजीबजारमा धैर्यता गुमायौं भने सँगै ठुलो धन पनि गुमाउँछौं । गन्तव्य धेरै माथी छ । धैर्य लगानीकर्ता बनौं’, उनले भनेका छन् ।
साथै, उनले बजारमा आइपर्ने उतारचढावलाई लगानीकर्ताले सहर्ष स्वीकारी अघि बढ्न सुझाव दिएका छन् ।
‘आगोमा राप र सेयर बजारमा ताप (तनाव) सधै रहन्छ । यसलाई स्वीकार गरी अघि बढौं ।’, उनी लेख्छन् ।
आइतबारकाे सेयर बजार राताम्मे देखिएकाे छ । याे अवधिमा नेप्से परिसूचक ६० अंकले घटेर २४९४ बिन्दुमा झरेकाे छ ।
सम्बन्धित समाचार
सेयर बजार राताम्ये, साढे २ प्रतिशतले घट्यो परिसुचक