काठमाडौं । सिन्धु विकास बैंकले आगामी चैत ९ गते वार्षिक साधारण सभा डाकेको छ । विकास बैंकले सो दिन बिहान १०ः३० बजे काभ्रेपलाञ्चोकको बनेपास्थित आगन्तुक रिसोर्टमा आफ्नो ११औं वार्षिक साधारणसभा अनलाईन(भर्च्युअल माध्यम)बाट गर्न लागेको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते शुक्रबार एकदिन बुक क्लोज हुने छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु विकास बैंकको सभामा भाग लिन पाउने छन् ।
सभाले गत आवको वासलात, नाफा नोक्सान, नगद प्रबाह विवरण, तथा अनुसुचीहरु छलफल गरी पारित गर्ने छ । त्यस्त, सभाले चालु आवको लेखापरिक्षण गर्नको लागि बाह्य लेखापरिक्षक नियुक्ति गरि, निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ ।
त्यसैगरी, विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमामा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्दै छ ।