सबैको लघुवित्त सभामा जाँदै, कहिलेसम्मका सेयरधनीले पाउछन् लाभांश ?

<p>काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था आगामी चैत १४ गते वार्षिक साधारणसभामा जाँदै छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको चौथो सभा सो दिन बस्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते देखि चैत १४ गतेसम्म बुक क्लोज हुने छ । यससँगै फागुन २७ [&hellip;]</p>

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था आगामी चैत १४ गते वार्षिक साधारणसभामा जाँदै छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको चौथो सभा सो दिन बस्ने निर्णय गरेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते देखि चैत १४ गतेसम्म बुक क्लोज हुने छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु संस्थाको सभामा सहभागी हुन पाउने छन् ।

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै फागुन २७ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित समाचार

सबैको लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

Share News