काठमाडौं । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ सोमबारबाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा आएकाे हो ।
तीन दशकअघि नेपाली बजारमा रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्न सक्ने सिजी होल्डिङ्सले जनाएकाे छ ।
गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर रहेकाे कम्पनीकाे दाबी छ ।
यसको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपैयाँ कायम गरिएको छ ।