प्रतितोला १७ सय रुपैयाँ घट्यो सुनको भाउँ

<p>काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य धेरै घटेको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा ८७ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य धेरै घटेको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा ८७ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार एक हजार ३३० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

Share News