एशियन लाइफ इन्स्योरेन्सले आव २०७५/७६ को लाभांश नदिने

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आज (फागुन १९ गते) बुधबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । फागुन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले उक्त आवको नाफा तथा नोक्सानबाट प्राप्त सञ्चित नाफा [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आज (फागुन १९ गते) बुधबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

फागुन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले उक्त आवको नाफा तथा नोक्सानबाट प्राप्त सञ्चित नाफा जगेडा कोषमा राख्ने जानकारी गराउँदै लाभांश वितरण नगर्ने बताएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पनि सेयरधनीलाई लाभांश वितरण गरेको थिएन ।

Share News