काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले संस्थाको गत आर्थिक वर्षको २० प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो ।
यससँगै संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर समेत) गरी २० प्रतिशत लाभांश पाउनेछन् ।
हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सम्बन्धित समाचार