सार्क च्याम्बर महिला उद्यमीकाे ‘नाइबजार’ सम्पन्न

<p>काठमाडौं । सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालकाे नाइटबजार सम्पन्न भएकाे छ ।कोभिड–१९ को प्रकोप सुरु भएदेखी रोकिएर रहेको कार्यक्रम नाइट बजार शनिवार सम्पन्न भएको हाे । राष्ट्रिय समृद्धिको माध्यमका रूपमा महिलालाई आर्थिक स्वतन्त्रताको महत्त्व सिकाउनका निम्ती निरन्तर कदम चाल्ने र नवीनता दिने सार्क च्याम्बर महिला उद्यमी परिषद्को अभियानको एक हिस्साको रूपमा रहदै आएको छ [&hellip;]</p>

काठमाडौं । सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालकाे नाइटबजार सम्पन्न भएकाे छ ।कोभिड–१९ को प्रकोप सुरु भएदेखी रोकिएर रहेको कार्यक्रम नाइट बजार शनिवार सम्पन्न भएको हाे ।

राष्ट्रिय समृद्धिको माध्यमका रूपमा महिलालाई आर्थिक स्वतन्त्रताको महत्त्व सिकाउनका निम्ती निरन्तर कदम चाल्ने र नवीनता दिने सार्क च्याम्बर महिला उद्यमी परिषद्को अभियानको एक हिस्साको रूपमा रहदै आएको छ ।

सामाजिक दुरी कायम राखिएर बजारमा २२ वटा स्टालहरु राखिएको थिए । उक्त स्टलहरुममा विभिन्न क्षेत्रका महिला उद्यमीहरूले घरको सजावटदेखि सुन्दर सामानसम्म, हस्तशिल्पित गहना, हातले बनाएको कश्मीरी स्कार्फ, स्वेटर, सल, विशेष हस्तशिल्पित रेशम, शिफन साडी र गरगहना, मैनबत्तीहरु तथाअन्यविशेष चिजहरु जस्तै टेबल रनर, म्याटहरु राखेका थिए ।

एससिवेक, सार्क उद्योग तथा वाणिज्य परिषद्को संरक्षणमा रहेर सन् २००१, मार्च २९ गते गठन भएको थियाे ।

Share News