प्रदेश १ मा महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना प्रदेश १ का कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले साेमबार इटहरकाे होटल गोर्खामा उक्त तालिम दिएको हो । उक्त तालिममा ११ जना प्रमुखको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना प्रदेश १ का कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।

कम्पनीले साेमबार इटहरकाे होटल गोर्खामा उक्त तालिम दिएको हो । उक्त तालिममा ११ जना प्रमुखको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको जनाएकाे छ ।

कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेकी थिइन् ।

तालिम कार्यक्रमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

 

 

Share News