नेप्सेमा २ करोड बढी बोनस सेयर सूचीकृत, सबैभन्दा बढी एनएमबि बैंकको

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कूल २ करोड २२ लाख ७७ हजार ३७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन २५ गते) एनएमबि बैंक र ज्योति विकास बैंकको गरि साे मात्राकाे बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये एनएमबि बैंकको १३ प्रतिशत अर्थात एक करोड ८७ लाख ८२ हजार ०७८ कित्ता बोनस सेयर सूचीकृत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कूल २ करोड २२ लाख ७७ हजार ३७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन २५ गते) एनएमबि बैंक र ज्योति विकास बैंकको गरि साे मात्राकाे बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये एनएमबि बैंकको १३ प्रतिशत अर्थात एक करोड ८७ लाख ८२ हजार ०७८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, ज्योति विकास बैंक १० प्रतिशत अर्थात ३४ लाख ९५ हजार २९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यससँगै यी दुई कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News