काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कूल ३ करोड ४६ लाख ८३ हजार ११६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन २६ गते) नबिल बैंक र अरुण काबेली पावरको गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमध्ये नबिल बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, अरुण काबेलीको ५.७१ प्रतिशत अर्थात ८ लाख ५६ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यससँगै यी दुई कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
सम्बन्धित समाचार