काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाइघाटमा १०२ औं शाखा खोलेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि उक्त स्थानमा नयाँ शाखा विस्तार गरि उद्घाटन गरेको हो ।
उक्त शाखाको उद्घाटन एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिका का अध्यक्ष, भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्ण बहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश-१ का प्रादेशिक प्रबन्धक र पुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले उद्घाटन समारोहको मन्तव्यमा गाईघाट क्षेत्रका बासिन्दालाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।
बैंकले हाल १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।