२८ लाख देखि ८५ लाख पर्ने टाटा मोटर्सका नयाँ गाडीहरू यस्ता छन्

<p>काठमाडौं । गत मंगलबार सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले पाँच वटा नयाँ गाडीहरु सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ ब्राण्डका परिष्कृत गाडी सार्वजनिक गरेको हो । सिप्रदीले सार्वजनिक गरेका यी गाडी बि एस सिक्स प्रविधिले सम्पन्न छन् । अत्यन्तै सुन्दर बनावट भएका यी गाडी [&hellip;]</p>

काठमाडौं । गत मंगलबार सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले पाँच वटा नयाँ गाडीहरु सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ ब्राण्डका परिष्कृत गाडी सार्वजनिक गरेको हो । सिप्रदीले सार्वजनिक गरेका यी गाडी बि एस सिक्स प्रविधिले सम्पन्न छन् ।

अत्यन्तै सुन्दर बनावट भएका यी गाडी आरामदायी र सुरक्षाको दृष्टिकोणले अरु भन्दा अगाडी छन् । शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित छन् । टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ मोडलका गाडीहरु विश्वसनिय छन् । टाटा नेक्सनले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।

‘टाटा मोटर्स्का बिबिध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समयदेखि अत्यन्त रुचाईरहनुभएको छ । टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउादा हामीलाई धेरै खुसी लागेको छ ।’ टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने ‘डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् ।’

बि.एस. सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेका छन् । यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने ‘यी गाडीहरुले नेपाली उपभोक्ताहरुको बदलिदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं ।’

यस्ता छन् टाटा मोटर्स्का गाडीहरू
१. नयाँ टियागो
१२०० सि.सि. ईन्जिन क्षमताको नयाा टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ । यसको सुरुवाती मुल्य रु २८ लाख रुपैयाँ रहेको छ ।

२. नयाा टिगोर
१२०० सि.सि. ईन्जिन क्षमताको नयाा टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पााचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । यसको सुरुवाती मुल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

३. नयाँ नेक्सन
१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाा नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहााउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाा बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

४. नयाँ अलट्रोज
१२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाा अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा (ब्ीाब्) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । यसको मुल्य ३५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

५.नयाँ एच फाईभ
२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट इ:भ्न्ब्च्ऋ वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Share News