नेप्से परिसुचक ४६ अंकले घट्यो, १५२ कम्पनीको सेयर मूल्य ओह्रालो

<p>काठमाडौं । पुँजी बजार मापक नेप्से परिसुचक करिब ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसुचक ४५.८७ अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर २७ मिनेट जाँदा) सुचिकृतमध्ये १५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको सेयरमूल्य परिवर्तन भएको छैन भने १९ वटा कम्पनीको सेयर [&hellip;]</p>

काठमाडौं । पुँजी बजार मापक नेप्से परिसुचक करिब ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसुचक ४५.८७ अंकले घटेको छ ।

यो समाचार तयार पार्दासम्म (१ बजेर २७ मिनेट जाँदा) सुचिकृतमध्ये १५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको सेयरमूल्य परिवर्तन भएको छैन भने १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

घटेको बजारमा पनि चन्द्रागिरी हिल्स (९.९५ प्रतिशत), अपर तामाकोशी (९.८५ प्रतिशत), घलेम्दी हाइड्रो (९.७२ प्रतिशत) र पन्चकन्या माई हाइड्रोको सेयर मूल्य भने बढेको छ ।

नेप्सेका अनुसार अहिले चन्द्रागिरी हिल्सको ६ लाख ६८ हजार ७४३ कित्ता, नेसनल हाइड्रोपावरको ३ लाख ८४ हजार ८०६ कित्ता, अरुणभ्याली हाइड्रोपावरको ३ लाख २७ हजार ९२८ कित्ता र नेपाल इन्फ्रास्टक्चर बैंकको २ लाख १० हजार ७९७ कित्ता सेयरको माग छ ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Share News