काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १६.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । चैत १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई साे मात्राकाे लाभांश दिने प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.३४५ प्रतिशत बोनस र ०.८०७ प्रतिशत नगद गरी १६.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी २१ करोड ५० लाख रुपैयाँ रहेको छ । १५.३४५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २४ करोड ८० लाख रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित लाभांश संस्थाले हालसम्म वितरण गरेकोभन्दा थोरै हो । संस्थाले आव २०७५/७६ मा ४६.८१ प्रतिशत, आव २०७४/२०७५ मा ४५ प्रतिशत र २०७३/७४ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो ।