करिब डेढ महिनापछि खुल्यो राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार, मूल्य बढ्यो

<p>काठमाडौं । करिब डेढ महिनापछि राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार खुलेको छ । गत माघ १८ गतेदेखि रोकिएको कम्पनीको सेयर कारोबार आज (चैत ३ गते)देखि मात्रै खुलेको हो । वार्षिक वित्तीय विवरण लेखापरीक्षण नगरेको र त्रैमासिक वित्तीय विवरण पनि नियमित रुपमा नबुझाएको भन्दै नेपाल स्टक एक्स्चेञ्जले गत माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार बन्द गरिदिएको [&hellip;]</p>

काठमाडौं । करिब डेढ महिनापछि राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार खुलेको छ । गत माघ १८ गतेदेखि रोकिएको कम्पनीको सेयर कारोबार आज (चैत ३ गते)देखि मात्रै खुलेको हो ।

वार्षिक वित्तीय विवरण लेखापरीक्षण नगरेको र त्रैमासिक वित्तीय विवरण पनि नियमित रुपमा नबुझाएको भन्दै नेपाल स्टक एक्स्चेञ्जले गत माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार बन्द गरिदिएको थियाे ।

यससँगै, कम्पनीले आफ्नो वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु लगानीकर्ता तथा अन्य सरोकारवालाले हेर्न मिल्ने गरी नेप्सेको वेवसाइटमा अपलोड गरिएसँगै नेप्सेले कम्पनीको सेयर कारोबार खुला गरिदिएको हो । साथै, अबका दिनमा माग भएबमोजिमका वित्तीय विवरणहरु पठाउने कम्पनीले प्रतिवद्धता गरेको छ ।

कारोबार खुलेसँगै कम्पनीको सेयर मूल्य पनि बढेको छ । यो समाचार तयार पार्दा (१२ बजेर ४२ मिनेट जाँदा)सम्म कम्पनीको सेयर मूल्य ४८० रुपैयाँले बढेर प्रतिकित्ता १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । जुन कारोबार खुल्दाकाे मूल्यको तुलनामा २.८८ प्रतिशतले बढेको हो । (चैत २ गते) सोमबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ हजार ६७० रुपैयाँमा खुलेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय बीमा कम्पनीकाे ४४ अर्ब ४४ कराेडकाे सेयर काराेबार राेक्का, कसकाे नियत के ?

Share News