काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत ३ गते) मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्शको बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ कायम रहेको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा भएको थियो ।
त्यस्तै, नेपाल हाइड्रोको पनि १५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ रहेको छ ।
यससँगै अबको कारोबारमा दुबै कम्पनीको सेयर कारोबार समायोजनपछि कायम भएको मूल्यबाट शुरु हुने छ ।