नेप्सेमा २ खर्ब रुपैयाँ बढीको धितोपत्र सूचीकृत, आईपीओ मात्रै ३५ अर्ब ३७ करोड

<p>काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थप २ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को सात महिना अर्थात माघ मसान्तसम्ममा साे परिणामकाे धितोपत्र नेप्सेमा सूचीकृत भएकाे हाे । जसमध्ये १ खर्ब ५० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ), [&hellip;]</p>

काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थप २ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को सात महिना अर्थात माघ मसान्तसम्ममा साे परिणामकाे धितोपत्र नेप्सेमा सूचीकृत भएकाे हाे ।

जसमध्ये १ खर्ब ५० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ), १३ अर्ब ७१ करोड बराबरको बोनस सेयर, ७ अर्ब रुपैयाँ बराबरको डिबेन्चर २ अर्ब ७१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ६५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड नेप्सेमा सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २५ अर्ब ३ करोड रूपैयाँ बराबरकाे धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

जसमध्ये १० अर्ब ९३ करोड रूपैयाँ बराबरको साधारण सेयर, १० अर्ब ६४ करोड रूपैयाँ बराबरको डिबेन्चर, १ अर्ब ९६ करोड रूपैयाँ बराबरको हकप्रद सेयर र  १ अर्ब ५० करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड रहेका छन् ।

Share News