सर्वोत्तम सिमेन्टले आईपीओबाट उठेको पैसाले ऋण तिर्ने, ४ वर्षपछि वार्षिक ७५ प्रतिशत बढी प्रतिफल दिने

<p>काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक नयाँ विधि &#8216;बुक बिल्डिङ्ग&#8217; बाट आईपीओ जारी गर्न लागेको कम्पनी हो, सर्वोत्तम सिमेन्ट । कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त आईपीओबाट प्राप्त रकममध्ये कम्पनीले ४० प्रतिशत ऋण भुक्तानी गर्ने छ । र, बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेको कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक नयाँ विधि ‘बुक बिल्डिङ्ग’ बाट आईपीओ जारी गर्न लागेको कम्पनी हो, सर्वोत्तम सिमेन्ट । कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओबाट प्राप्त रकममध्ये कम्पनीले ४० प्रतिशत ऋण भुक्तानी गर्ने छ । र, बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी दिने कम्पनीको प्रक्षेपण रहेको छ ।

त्यस्तै, यसरी निष्काशन गर्न लागेको कम्पनीको प्रतिसेयर मूल्य कति होला भन्ने आम लगानीकर्तामा परेको छ । कम्पनीको आन्तरिक मुल्याङ्कन तथा विभिन्न आधारहरुलाई अध्ययन गर्दा प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् कम्पनीका आधारहरु

कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मे.टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्तापुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने छ ।

कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षको औषत मुनाफा (करपछिको) वार्षिक १०४ करोड रुपैयाँभन्दा बढी भएको छ ।

विगत तीन वर्षको औषत ईपीएस ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षको औषत ईपीएस ४५ रुपैयाँभन्दा बढी प्रक्षेपित गरिएको छ ।

कम्पनीको जगेडा कोषमा माघ मसान्तसम्मको अन्त्यमा २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रहेको छ ।  आगामी ३ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने भएकाले बढी प्रतिफल दिनसक्ने कम्पनीले जनाएको छ ।

आईपीओबाट प्राप्त रकममध्ये कम्पनीले ४० प्रतिशत ऋण भुक्तानी गर्ने छ । र, बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी दिने कम्पनीको प्रक्षेपण रहेको छ ।

आईपीओ जारी पश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश दिने निश्चित रहेको कम्पनीले जनाएको छ । यसबापत झण्डै एकसय रुपैयाँ प्रतिसेयरको आम्दानी तत्काल हुने कम्पनीले जानकारी गराएको छ ।

सेयरधनीले तिरेको ६५० रुपैयाँ प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रतिसेयर ९५.५० रुपैयाँ कम्पनीको रिजर्भमा रहने भएकाले सो वापत बोनस सेयर जारी हुने सम्भावना रहेको छ ।

कम्पनीले इक्राबाट आईपीओ रेटिङ्ग बीबीबीप्लस पाएको छ । जसले कम्पनी लगानीकर्ताको लागि औषतभन्दा बढी राम्रो भन्ने बुझाउँछ । साथै, इक्रा रेटिङ्ग अनुसार कम्पनीको चूनढुँगा तथा ढवानीको लागि लागत अन्य सिमेन्ट उद्योगभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने छ ।

संस्थागत लगानीकर्ताले ७५० रुपैयाँ मूल्य तोकेमा सर्वसाधारणले ७५० रुपैयाँमा १० प्रतिशत घटाई ६७५ रुपैयाँमा पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो हालसम्मको रिजर्भबाट १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने भएकोले सेयर खरिदको तीन महिनाभित्रै लगभग १०० रुपैयाँ बराबरको प्रतिफल प्राप्त हुने छ । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मूल्य ६७५ रुपैयाँमा एक सय रुपैयाँ घटाएर ५७५ रुपैयाँ मात्र पर्न जाने छ ।

२५ वर्षभन्दा बढी सिमेन्ट उद्योग सञ्चालन गरेको अनुभवी सञ्चालकबाट सञ्चालित उद्योग भएकोले सञ्चालन लागत न्यून रहेको छ ।

डेनमार्कबाट आयातित अत्याधुनिक भीआरएम तथा रोटोस्केल प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३० प्रतिशत बचत हुने तथा कोइला खपतमा २० प्रतिशतसम्म बचत हुने भएकाले लागत कम भई बढी प्रतिफल दिने छ । साथै, नेपालमा एक मात्र थर्मल पावर प्लान्ट राखि विद्युत उत्पादन गर्ने भएकोले उत्पादन लागत कम हुने छ ।

कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङ्गा खानी रहेकोले हालको क्षमता वृद्धि एवंम् भविष्यमा प्रक्षेपण गरेको दोब्बर क्षमता वृद्धिलाई समेत पुग्ने हुनाले आम्दानीको प्रचुर सम्भावना रहेको छ ।

हाल कम्पनीको सम्पत्ति (फेयर मार्केट भ्याल्यु वा रिप्लेसमेन्ट भ्यालु) २० अर्ब रुपैयाँ रहेको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?

कम्पनीको परिचय

वि.स. २०६७ सालमा इ. विष्णुप्रसाद न्यौपानेको अगुवाइमा ७ जना स्वदेशी एवम् विदेशी लगानीकर्ता मिली स्थापित भएको कम्पनी हो, सर्वोत्तम सिमेन्ट प्रा.लि । कम्पनीले वि.स. २०७१ सालमा क्लिंकर (३ हजार टन प्रतिदिन) को उत्पादन तथा बिक्री गर्दै वि.स. २०७३ सालमा सिमेन्ट उत्पादनको थालनी गरेको हो ।

सर्वोत्तम सिमेन्ट वि.स. २०७६ साल साउन महिनामा प्रा. लि. बाट लिमिटेड कम्पनीको रुपमा परिवर्तन भएको हो ।

कम्पनीको उत्पादन क्षमता क्लिंकरमा रहेको र सिमेन्ट ग्रिन्डिङ्ग क्षमता हाल २८ हजार बोरा प्रतिदिन रहेको थियो । २०७७ माघदेखि उक्त क्षमतामा वृद्धि भई दैनिक ६० हजार बोरा (वार्षिक २ करोड बोरा) उत्पादन क्षमता पुगेको कम्पनीले जनाएको छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्ने छ ।

हाल कम्पनीमा ५०० भन्दा बढी कामदार तथा कर्मचारी प्रत्यक्ष रुपमा आवद्ध रहेका छन् भने ६०० भन्दा बढी डिलर नेटवर्क रहेको छ ।
त्यस्तै, आगामी ३ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने व्यवस्था रहेको कम्पनीले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु 

सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?

Share News