काठमाडौं । प्रिमियर इन्स्योरेन्सको आगामी चैत ११ गतेदेखि बुक क्लोज हुने भएको छ । चैत ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त निर्णय गरेको हो ।
बैठकले चैत ११ गतेदेखि चैत २३ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको हो । कम्पनीको वार्षिक साधारणसभा चैत २३ गते बस्ने भएको छ ।