नेशनल माइक्रोफाइनान्स लघुवित्तको २७% लाभांश पारित, सञ्चालकमा दुई जना निर्विरोध

<p>काठमाडौं । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गतेसम्म संस्थाको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको २७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश पाउने [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गतेसम्म संस्थाको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको २७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश पाउने भएका छन् ।

यससँगै २६ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी बढेर ३१ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

साथै, सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।

सभाले आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सञ्चालक समितीका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले अध्यक्षले पेश गरेको आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।

चालु आ.व. २०७७।०७८ को हालसम्म हिमाल, पहाड र तराईका गरि ६५ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुर्याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड रुपैयाँ तथा बचत १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीसंकलन गर्न सफल भएको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा वित्तीय पहुँच पुर्याउने, आधुनिक प्रविधिमैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा विशेष जोड दिने जस्ता कार्यक्रम सञ्चालन गर्ने बताए ।

Share News