काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश पाउने छन् ।
त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पारित गरेको छ ।
यस वित्तीय संस्थाले हालसम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख रुपैयाँ बचत संकलन गरी करिब २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेको छ । साथै, निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।