बोनसपछि मिर्मिरे लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.१९९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३७१ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४९७ रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.१९९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३७१ रुपैयाँबाटै शुरु हुने छ ।

यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४९७ रुपैयाँमा किनबेच भएको थियो ।

बनेपामा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत बिहीबार कम्पनीको बजार पुँजीकरण ५ अर्ब ९३ करोड रुपैयाँ थियो ।

Share News