काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सेयर बजार सम्बन्धी ज्ञान दिन तीन दिने आधारभुत तालिमको सुरुवात गरेको छ । क्यापिटकले प्लाटिनम कलेजमा विविए संकायमा अध्यनरत विद्यार्थीका लागि उक्त तालिम सञ्चालन गरेको हो ।
१० गतेसम्म चल्ने उक्त तालिम अन्तरगत पहिलो दिन नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा सहजीकरण गरिएको क्यापिटकले जनाएको छ । यसैगरी तीन दिने तालिममा लगानी रणनीति तथा जोखिम व्यवस्थापन र आधारभुत तथा प्राविधिक विश्लेषणको बारेमा जानकारी दिईनेछ ।
उक्त तालिममा कलेजका ६० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको छ । क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सेयर सचेतना अभिवृद्धिकालागि विभिन्न संस्थाहरुसँगको सहकार्यमा तालिम कार्यक्रम सञ्चालन आएको छ ।
यसैगरी क्यापिटकले चैत ६ गते मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको थियो । उक्त तालिममा २० जनाको सहभागीता रहेको थियो ।