मेगा बैंकले बीमा बापत भुक्तानी गर्याे ७ लाख रुपैयाँ

<p>काठमाडौं । मेगा बैंक नेपालले दुर्घटनामा परि ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो । [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपालले दुर्घटनामा परि ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो ।

कर्मचारी शर्माको विद्युत लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बीमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको छ ।

Share News