बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर आज(चैत ९ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बुद्धनगरमा केन्द्रिय [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर आज(चैत ९ गते) नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

बुद्धनगरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सोमबार (चैत ९ गते) कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो । त्यस्तै, कम्पनीको बजार पुँजीकरण ११ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

Share News