सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्तको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत १० गते) एकैदिन सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत १० गते) एकैदिन सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । प्रतिकित्ता २१२ रुपैयाँ सेयर मूल्य रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५० रुपैयाँ कायम भएको छ । जबकी सोमबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १९७८ रुपैयाँमा भएको थियो ।

त्यस्तै, महुली लघुवित्तको २० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको हो । सोमबार प्रतिकित्ता २६२५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २१८८ रुपैयाँ कायम भएको छ ।

यससँगै, अबको कारोबारमा यी तीनवटै कम्पनीको कारोबार समायोजनपछि तोकिएको मूल्यबाट शुरु हुने छ ।

Share News