काठमाडौं । एलजिले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ स्किम ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’ ल्याएकाे छ ।
यस योजना अन्तर्गत एलजिको लागी नेपालको अधिकृत वितरक सिजि इलेक्ट्रोनिक्स्ले एलजिका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गर्नेछ ।
ग्राहकले एलजिकाे नर्मल र स्मार्ट एलईडि टिभी, एयर प्युरिफायर, भ्याकुम क्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
यति मात्र नभएर साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा २८ सय मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मशिन टप लोडको खरिदमा फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरुले ४ हजार मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन् ।
यो योजना नेपाल अधिराज्यभरि चैत्र ११ गते देखि सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जानकारी दिएकाे छ ।