काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
चैत ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत र कर प्रयोजनको लागि ३.७८९४ प्रतिशत गरी १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँ पुग्ने छ ।
प्रस्तावित लाभांश आर्थिक वर्ष २०७४/७५ को तुलनामा बढी हो । कम्पनीले उक्त आवको नाफाबाट सेयरधनीलाई १५.४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।