ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, कहाँ र कति बजे ?

<p>काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ भोलि (चैत १३ गते) शुक्रबार बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि (चैत १३ गते) दिउँसो साढे १२ बजे काठमाडौं ज्ञानेश्वरको शान्ता प्लाजस्थित ज्योति लाइफ इन्स्योरेन्सको कार्यालयमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलले बताएकाे छ । कम्पनीले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म कूल ६६ करोड [&hellip;]</p>

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ भोलि (चैत १३ गते) शुक्रबार बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि (चैत १३ गते) दिउँसो साढे १२ बजे काठमाडौं ज्ञानेश्वरको शान्ता प्लाजस्थित ज्योति लाइफ इन्स्योरेन्सको कार्यालयमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलले बताएकाे छ ।

कम्पनीले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म कूल ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे थियाे ।

जसमा अन्तिम दिन अर्थात फागुन २६ गते साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ३४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकोभन्दा ६.४० गुणा बढी आवेदन हो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा ऐतिहासिक रेकर्ड, १८ लाख बढीले भरे सेयर

Share News