बोनसपछि तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

<p>काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । चैत १७ गते मंगलबार मात्रै महिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर पछि मूल्य समायोजन भएको हो । जसमध्ये मिथिला लघुवित्तको १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । प्रतिकित्ता १८३९ रुपैयाँमा कारोबार भएको संस्थाको [&hellip;]</p>

काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । चैत १७ गते मंगलबार मात्रै महिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर पछि मूल्य समायोजन भएको हो ।

जसमध्ये मिथिला लघुवित्तको १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । प्रतिकित्ता १८३९ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १६४२ रुपैयाँमा झरेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ कायम भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ८४३ रुपैयाँमा भएको थियो ।

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । प्रतिकित्ता १७५ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १६९ रुपैयाँ कायम भएको छ ।

Share News