काठमाडौं । अजोड इन्स्योरेन्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकले एक अर्ब रुपैयाँ चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ बराबरको १ का दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । जुन प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्दै छ ।
कम्पनीको आगामी अर्थात तेश्रो वार्षिक साधारणसभा २०७८ साल बैशाख ७ गते मंगलबार बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वर स्थित अमन हल तेश्रो तल्लाको युनाइटेड वल्ड ट्रेड सेन्टरमा बस्दै छ ।
त्यस्तै, सभाले समूह ख अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा २ जनालाई निर्वाचित गर्दै छ ।
यससँगै सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज हुने छ ।