काठमाडौं । चैत १८ गते बुधबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ८.८५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १५३१ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६६७ रुपैयाँ भएको थियो ।
त्यसैगरी, उन्नत्ति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता २७३० रुपैयाँमा भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २३१७ रुपैयाँ कायम भएको छ ।
यससँगै अबको कारोबारमा दुबै कम्पनीको पहिलो कारोबार समायोजन पछिको सेयर मूल्यबाट शुरु हुने छ ।