ग्रोथ सेलर्सको १३ औं एचआर मिट सम्पन्न

<p>काठमाडौं । ग्रोथ सेलर्सको १३ औं एचआर मिट सम्पन्न भएको छ । चैत १२ र १३ गते सम्पन्न भएको एचआर मिटको उद्घाटन प्राडा सन्दुक रुइतले गरेका थिए । मानव संसाधन पुजीलाई विकशीत गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्यका साथ अघी बढेको ग्रोथ सेलर्स प्रा.लि.ले विगत २००८ देखी एचआर मिटको आयोजना गर्दै आइरहेको छ । सो सम्मेलनमा [&hellip;]</p>

काठमाडौं । ग्रोथ सेलर्सको १३ औं एचआर मिट सम्पन्न भएको छ । चैत १२ र १३ गते सम्पन्न भएको एचआर मिटको उद्घाटन प्राडा सन्दुक रुइतले गरेका थिए ।

मानव संसाधन पुजीलाई विकशीत गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्यका साथ अघी बढेको ग्रोथ सेलर्स प्रा.लि.ले विगत २००८ देखी एचआर मिटको आयोजना गर्दै आइरहेको छ ।

सो सम्मेलनमा मानवसंसाधन भित्रका विभिन्न विषयमा छलफल भएको ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाले दिए ।

‘यसपालीको मुख्य विषय क्रेट अजाइल इन्न्भारोमेन्ट रहेको थियो । सामान्य विषय वस्तु बाहेक यसपाली नयाँ विभिन्न विषय बस्तुहरु थप गरिएको हाे’, उनले भने ।

उक्त कार्यक्रममा विभिन्न कम्पनीहरुलाई काठमाडाैं विश्वविद्यालयकाे विभागिय पुर्व डिन प्राडा.सुभास केसीका अध्यक्षतामा गठन भएको निर्णायक मंडल मार्फत विभिन्न विधामा पुरस्कृत गरिएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा मानव संशाेधन क्षेत्रमा कार्यरत व्यक्तिहरुबाट ५० वटा लेख संकलन गरेर छापिएकाे किताबको विमोचन पनि गराएका थियाे । सम्मेलनमा विभीन्न क्षेत्रमा गरी २६७ जनाको सहभागिता रहेको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा कार्यरत संस्था टिच फर नेपाललाई सहयाेग स्वरुप  ५० हजार प्रदान गरेकाे थियो ।

Share News