कृषि विकास बैंकको पुँजी वृद्धि योजना नयाँ, ५० प्रतिशत हकप्रद सेयर, ४० प्रतिशत बोनस सेयर

<p>काठमाडौं, २० जेठ । कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर र ४० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणमा २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने र दुई आर्थिक वर्षमा २०/२० प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो । राष्ट्र बैंकले अविमोच्य अग्राधिकार सेयर [&hellip;]</p>

काठमाडौं, २० जेठ । कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर र ४० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणमा २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने र दुई आर्थिक वर्षमा २०/२० प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो । राष्ट्र बैंकले अविमोच्य अग्राधिकार सेयर रकमलाई चुक्ता पुँजीमा गणना गर्न नमिल्ने जनाएपछि कृषि विकास बैंकले नयाँ पुँजी वृद्धि योजना बनाएको हो ।

बैंकले चालु आ.व. मा २ बराबर १ हकप्रद शेयर जारी गर्ने, आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने र आगामी आ.व. २०७३/७४ को नाफाबाट २० प्रतिशत वोनस शेयर प्रदान गर्ने गरी पुँजी वृद्धि योजना सञ्चालक समितिले स्वीकृत गरेको बैंकले जनाएको छ ।

यसअघि बैंकले सरकारसँग लिएको ६ प्रतिशत व्याजदरमा लिएको अग्राधिकार सेयर (फिर्ता गर्नु पर्ने पुँजी) लाई पनि चुक्ता पुँजीमा गणना गर्दै पुँजी वृद्धि सम्बन्धि योजना पेश गरेको थिएन । बैंकले सेयर पुँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ मात्र छ । सरकारले ६ प्रतिशत व्याजमा दिएको अविमोच्य अग्राधिकार सेयर ६ अर्ब ४३ करोड रुपैयाँ छ ।

कम्पनी सचिव प्रताव सुवेदीका अनुसार हाल बैंकको सेयरपुँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ धारण गर्ने साधारण सेयरधनीले मात्र ५० प्रतिशत हकप्रद सेयर पाउने हुन् । साथै, बोनस सेयर पनि साधारण सेयरधनीले मात्र पाउनेछन् । सरकारी अविमोच्य सेयर राखेको सरकारले व्याज मात्र पाउने हो ।

यस बैंकले आर्थिक वर्ष २०६९/७० मा ३१.५८ प्रतिशत नगद लाभांश, आ.व.२०७०/७१ मा ८.७९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत वोनस सेयर प्रदान गरेको छ भने पछिल्लो आ.व. २०७१/७२ को स्वीकृत १५ प्रतिशत वोनस शेयर दिएको छ ।

बैंकले गत चैत मसान्तसम्ममा निक्षेप ८३ अर्व ५१ करोड तथा कर्जा लगानी ७८ अर्व १० करोड परिचालन गरेको छ । त्यसैगरी सोही अवधिमा बैंकको पूंजी कोष १३.१९ प्रतिशत, निष्कृय कर्जा ४.८९ प्रतिशत, इक्विटीमा प्रतिफल १४.७० प्रतिशत तथा प्रतिशेयर आम्दानी ३१.२७ रुपैयाँ रहेको छ ।

Share News