काठमाडौं । ७ महिनापछि कारोबार खुलेको एनआइसी एशिया लघुवित्तको सेयर मूल्य बढेको छ । पहिलो दिन नै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेको हो ।
नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रतिकित्ता ७६५.१२ रुपैयाँ रेञ्ज तोकिदिएको थियो । यससँगै संस्थाको सेयर कारोबार प्रतिकित्ता ७६५.१२ रुपैयाँमा खुलेको थियो । संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ७९५ रुपैयाँमा भएको थियो । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ३.९१ प्रतिशतले बढी हो ।
साथै, बुधबारकाे बजारमा टिएमएसमा समस्या देखिएकाले सेयर काराेबार गर्न समस्या भएकाे थियाे । यससँगै लगानीकर्ताहरू एक घण्टासम्म सेयर किनबेच गर्नबाट बञ्चित भएका थिए । उक्त समस्या समाधान भएसँगै नेप्सेले काराेबार समय अवधि थप एक घण्टा अर्थात ४ बजेसम्म बढाएकाे थियाे ।
मर्जर प्रकृयाका कारण संस्थाको गत साउन ३२ गतेदेखि सेयर कारोबार रोक्का रहेको थियो । स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एक आपसमा मर्जर भई एकीकृत कारोबार भएपछि नेप्सले उक्त संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । र, संस्थाको आज अर्थात चैत १८ गतेदेखि दोश्रो बजारमा ‘एनआइसीएलबीएसएल’को नामबाट सेयर किनबेच भएको हो ।
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच गत चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु भएको थियाे । दुई संस्थााबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।
सम्बन्धित समाचार