किसान लघुवित्तको सेयर कारोबार फुकुवा गर्दै नेप्सेले भन्यो- अबदेखि त्यस्तो गल्ती नदोहोरियोस्

<p>काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । अबदेखि उक्त गल्ती नदोहोर्याउन र आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त राख्न सचेत गराउँदै नेप्सेले संस्थाको सेयर कारोबार आज (अर्थात चैत १९ गते) देखि फुकुवा गरिदिएको हो । लघुवित्तले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव [&hellip;]</p>

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । अबदेखि उक्त गल्ती नदोहोर्याउन र आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त राख्न सचेत गराउँदै नेप्सेले संस्थाको सेयर कारोबार आज (अर्थात चैत १९ गते) देखि फुकुवा गरिदिएको हो ।

लघुवित्तले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समावेश गरेको थियो । तर चैत ९ गते हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटाएर पुनः साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

यससँगै, नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिवर्तन गरेको भन्दै संस्थाको सेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि किसान लघुवित्तलाई निर्देशन दिएको थियो ।

जसको जवाफमा संस्थाले सेयर कारोबारमा प्रभाव पार्ने गलत मनसाय नभएको भन्दै गत चैत १२ गते नेप्सेलाई पत्र पठाएको थियो ।

‘सभाको प्रस्तावमाथि छलफल गर्दा पुँजीकोष प्रर्याप्त नभएकोले त्यसको लागि हकप्रद सेयरको प्रस्ताव सम्बन्धित निकायसँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय गरेको र सभा हुनुभन्दा २१ दिन अगाडि नै वार्षिक साधारणसभा सम्बन्धी सूचना प्रकाशन गर्नुपर्ने प्रावधान र सो दिन बिदा परेकोले परामर्श लिन नसकिएको कारण हकप्रद सेयर निष्काशन सहितको साधारणसभाको सूचना प्रकाशित भएको हो । दोश्रो दिन परामर्श पछि सो प्रस्ताव हटाई पुनः चैत ९ मा सो सूचना प्रकाशित गरिएको’ संस्थाले नेप्सेलाई पठाएकाे जवाफमा उल्लेख छ।

त्यस्तै, नेप्सेमा सोही सूचना दिन ढिलाई सम्बन्धमा नयाँ युजर आईडी लिनुपर्ने भएकोले केही समय ढिला हुनगएको र यी सबै मानविय त्रुटीको कारण सो भएको संस्थाले जानकारी गराएको छ ।

Share News