परिवर्तित साधारण सेयर खातामा पठाउँदै एनएलजी इन्स्योरेन्स, सेयर अपडेट गर्न सेयरधनीलाई आग्रह

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्सले सर्वसाधारण समूहको सेयर सम्बन्धित सेयरधनीको खातामा पठाएको छ । कम्पनीले उक्त सेयर गत चैत ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा जम्मा गरिएिको हो । साथै, उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा क्रमशः उक्त सर्वसाधारण सेयर जम्मा हुने व्यवस्था गरिएको छ । साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्सले सर्वसाधारण समूहको सेयर सम्बन्धित सेयरधनीको खातामा पठाएको छ । कम्पनीले उक्त सेयर गत चैत ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा जम्मा गरिएिको हो ।

साथै, उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा क्रमशः उक्त सर्वसाधारण सेयर जम्मा हुने व्यवस्था गरिएको छ ।

साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण(अपडेट) गराउन कम्पनीले आग्रह गरेको छ । यससँगै, उक्त सेयरधनीले आफ्नो कायम हुने सर्वसाधारण समूहका सेयर समेत हितग्राही खातामा नै पाउने छन् ।

साथै, कम्पनीको चैत ५ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको संस्थापक र साधारण सेयर स्वामित्व परिवर्तन गर्ने निर्णयलाई पारित गरेको थियो । यससँगै कम्पनीले उक्त परिवर्तित साधारण सेयर सेयरधनीको सम्बन्धित हितग्राही खातामा पठाइ सेयर काराेबार गर्न याेग्य भएकाे जानकारी गराएको छ ।

त्यस्तै, चैत ६ गतेसम्म सेयरधितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सेयर फुकुवा गरी आफ्नो कायम संस्थापक सेयरलाई सर्वसाधारण समूहको सेयरमा परिणत गर्न यस कम्पनीको सेयर रजिष्टार अर्थात काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गर्न सक्ने छन् ।

Share News