वाणिज्य बैंकहरुले अब दैनिक २० किलो सुन आयात गर्न पाउने

<p>काठमाडौं । अब दैनिक २० किलो सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो र्पुयाएको हो । सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले सुन आयात तथा बिक्री [&hellip;]</p>

काठमाडौं । अब दैनिक २० किलो सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो र्पुयाएको हो ।

सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ लाई संशोधन गरेर इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो र्पुयाइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।

कोरोना महामारीलाई देखाएर गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो ।

Share News