आमा छउन्जेल हो घर उज्यालो लाग्ने (गजल)

<p>जानु छ थाहा छैन कहिले हो पालो लाग्ने नगरियोस् है काम जीवनमा कालो लाग्ने ।। तपाईं जेजेले सजाउनुस् महल यहाँ आमा छउन्जेल हो घर उज्यालो लाग्ने ।। अचेल म यही कुराको खोज गरिरहेछु जीवन किन बिहेपछि भङ्गालो लाग्ने ?? एउटै वस्तु सबैलाई कहाँ उस्तै लाग्छ र ? कसैलाई नाना बन्छ तिमीलाई टालाे लाग्ने ।। प्राकृतिक [&hellip;]</p>

जानु छ थाहा छैन कहिले हो पालो लाग्ने
नगरियोस् है काम जीवनमा कालो लाग्ने ।।

तपाईं जेजेले सजाउनुस् महल यहाँ
आमा छउन्जेल हो घर उज्यालो लाग्ने ।।

अचेल म यही कुराको खोज गरिरहेछु
जीवन किन बिहेपछि भङ्गालो लाग्ने ??

एउटै वस्तु सबैलाई कहाँ उस्तै लाग्छ र ?
कसैलाई नाना बन्छ तिमीलाई टालाे लाग्ने ।।

प्राकृतिक विपत्ति समान छ भन्नुहुन्छ है !
महलवाला कति छन् र भूइँचालाे लाग्ने ।।

दाङ्सिङ नुवाकोट हाल पोखरा-११

Share News