पहिलो दिनमै करिब ३ लाखले भरे रु रु जलविद्युतको आईपीओ

<p>काठमाडौं । रु रु जलविद्युत परियोजनको आईपीओमा पहिलो दिनमै मागभन्दा १२ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिनमै करिब ३ लाखले सेयर भरेका छन् । चैत २० गते शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ९३ हजार ९७६ जना आवेदकले ४५ लाख ४२ हजार ५६० कित्ता सेयर [&hellip;]</p>

काठमाडौं । रु रु जलविद्युत परियोजनको आईपीओमा पहिलो दिनमै मागभन्दा १२ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिनमै करिब ३ लाखले सेयर भरेका छन् ।

चैत २० गते शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ९३ हजार ९७६ जना आवेदकले ४५ लाख ४२ हजार ५६० कित्ता सेयर माग गरेका क्यापिटलले जनाएको छ । सो अवधिसम्ममा ५४ करोड ५१ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा ११.९८ गुणा बढी आवेदन हाे ।

कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् ।

सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आजदेखि आगामी चैत २४ गतेसम्ममा आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित समाचार

रु रु जलविद्युतको आईपीओ आजदेखि भर्न पाइने, प्रतिकित्ता १२० रुपैयाँ

Share News