काठमाडौं । नेपाली उद्योग व्यवसाय क्षेत्रमा आफ्नो बलियो उपस्थिती देखाउँदै आएको गोल्छा ग्रुपले अब उर्जामा पनि लगानी गर्ने भएको छ । गोल्छा समूहले अब सौर्य उर्जामा पनि लगानी गर्ने योजनाका साथ अगाडि बढेको हाे ।
आज (शुक्रबार) मात्रै गोल्छा समूहले नेपाल विद्युत प्राधिकरणसँग सोलार उर्जा खरिद सम्झौता (पीपीए) गरेको छ । उक्त पीपीएका अनुसार सन् २०२२ सम्मको लागि विद्युत खरिद बिक्रि दर १६ रुपैयाँ ६० पैसा रहेको छ ।
गोल्छा समूह अन्तर्गतको सौर्य विद्युत पावर प्रालिले नवलपरासीमा निर्माण गरिरहेको २ मेगावाटको आयोजनाको पीपीए गरेको गोल्छा समूहका अध्यक्ष शखेर गोल्छाले बताए । उनले २५ वर्षको लागि प्राधिकरणसँग पिपिए गरेको बताए ।