समता लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त

<p>काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । चैत १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरबिबि मर्चेन्टलाई सेयर रष्ट्रिारमा नियुक्त गरेको हो । यससँगै आरबिबि मर्चेन्टले सो दिनदेखि लागू हुने गरी आगामी एक वर्षसम्म संस्थाको सेयर रजिष्ट्रारको काम गर्ने छ । त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख [&hellip;]</p>

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । चैत १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरबिबि मर्चेन्टलाई सेयर रष्ट्रिारमा नियुक्त गरेको हो ।

यससँगै आरबिबि मर्चेन्टले सो दिनदेखि लागू हुने गरी आगामी एक वर्षसम्म संस्थाको सेयर रजिष्ट्रारको काम गर्ने छ ।

त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडाैंकाे टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने छ ।

Share News